१६ जेठ, ताप्लेजुङ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अन्तराष्ट्रिय गैरसरकारी संस्था (एच.पि.एफ.) ले जिल्ला अस्पताल ताप्लेजुङलाई एक लाख रुपैँया प्रदान गरेको छ ।
संक्रमण रोकथाम तथा नियन्त्रणमा आवस्यक स्वास्थ्यका सामाग्री खरिदका लागि पुगोस भन्ने उद्धेश्यले संस्थामा आवद्ध रहेका कर्मचारी मध्येबाट रकम संकलन गरि शनिबार हस्तान्तरण गरिएको (एच.पि.एफ.) परियोजना ताप्लेजङका लघु उद्यम विकास अधिकृत नरेन्द्र कटुवालले बताउनुभयो ।
ताप्लेजुङमा कार्यरत कर्मचारीले जिल्ला अस्पतालमै पुगेर अस्पतालका डाक्टर सोनिङ लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । शिक्षा क्षेत्रको विकासका लागि भौतिक पुर्वाधारको निर्माण तथा स्तरोन्नती लगायतका कार्य गर्दै आएको उक्त संस्थाले केहि वर्षदेखि ताप्लेजुङलाई समेत आफ्नो कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।









