
संसद विघटनको सिफारिसपछि सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन्।
फिल्डमा प्रमुख रूपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रूपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रूपमा सुरक्षा सतर्कता बढाउन सात वटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
‘ठूला राजनीतिक घटना हुँदा स्वभाविक रूपमै सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको हुन्छ, यस्तै निर्देशन गएको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले सेतोपाटीसँग भने।
मुख्यालयले यस्तो बेला सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न निर्देशन दिएको बताइएको छ। Setopati