१५ जेष्ठ २०७८
१५ जेठ, ताप्लेजुङ । गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ६ जना कैदीको बाँकि सजाय मिनाहा भएको छ । विभिन्न मुद्धामा कैद सजाय भोगी रहेका जिल्लाका ६ जनालाई दिवसका अवसरमा कैदमुक्त गरिने भएको कारागार शाखा कार्यालयका प्रमुख कुलेन्द्र खबासले जानकारी दिनुभयो ।

खवासका अनुसार मेरिङदेन गाउपालिका ४ का डिल्ली लंवा लिम्वू, फुङलिङ नगरपालिका ३ का प्रदिप न्यौपाने, नगरपालिका ९ कै मनकुमार रेग्मी, मिक्वाखोला ३ का खाण्डु भन्ने साजन शेर्पा, मैवाखोला ४ का सन्तोष भन्ने कुमार लिम्ब र मनकुमार संयोग लिम्वूको बाँकि कैद सजाय मिनाहा भएको हो ।

उनिहरुलाई आजै १० वजे पछि कैदमुक्त गरिने खवासले बताउनुभयो । जम्मा १५१ जना रहेको काराकारबाट ६ जनाले छुट पाए पछि १४५ जना मात्र रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!