१४ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबार ५ एन्टिजेन सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सानिमा हाइड्रोपावरको १ सय १२ जनाको रिपोट आउदा १० जनामा संक्रमण पुष्टि भएका हो । यस्तै फुङलिङ नगरपालिका ११ फावाखोलामा शुक्रबार आज ४ जनालाई एन्टिजेन पोजेटिभ देखिएको छ ।

फुङलिङ नगरपालिकाको टोलिले गाउँमै पुगेर १ जनाको फलोअप सहित ६९ जनाको परीक्षण गर्दा २ महिला सहित ४ जनालाई पोजेटिभ देखिएको हो । परीक्षण गरिएकामध्ये ६४ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जना डिस्चार्ज भएका छन् । यस्तै आईतबार फुङलिङ नगरपालिकाको टोलिले फुरुम्बुमा परीक्षण गर्ने जनाएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार सानिमा हाइड्रो पावरका १ सय २ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यो सहित जिल्लामा शुक्रबार संक्रमण पुष्टि हुनेको संख्या १४ पुगेको छ । हाल जिल्लामा संक्रमितको संख्या ५ सय १४ जना पुगेको स्वास्थ्य कार्यालय ताप्लेजुङको तथ्याङ्कमा उल्लेख छ । अब ताप्लेजुङबाट पठाइएको २ सय ६६ जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ ।यसैविच जिल्ला अस्पताल ताप्लेजुङको कोभिड १९ उपचार केन्द्रबाट शुक्रबार १ जना संक्रमण मुक्त भएका छन् ।

शुक्रबार १ जना नयाँ संक्रमित भर्ना भएसँगै ११ जना उपचाररत छन् ।मैवाखोला गाउँपालिकामा ५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जना महिलालाई पोजेटिभ दखिएको छ । बाँकी ४ जनाको रिपोर्ट नेगेटिभ आएको हो । उता सिरीजघा गाउँपालिकामा ५ महिला सहित १० को एन्टिजेन परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!