१४ जेठ, ताप्लेजुङ । ताप्लेजुङका एक संक्रमित पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । फक्ताङलुङ गाउँपालिका ३ लिङ्खिमका ४२ वर्षिय एक पुरुषको संक्रमणका कारण निधन भएको हो ।
उनको उपचारका क्रममा विएण्डसी अस्पतालमा शुक्रबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दुवै मृगौला फेल भएका ति पुरुषमा केहि दिन अघि संक्रमण देखिएको थियो । यो संगै ताप्लेजुङका १० जनाले संक्रमणका कारण ज्यान गुमाएकाछन् ।







