काठमाडौ । तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले रामचन्द्र पौडेलले जवर्जस्त उद्घाटन गरेको पुल फेरि उद्घाटन हुने बताएका छन् ।

तनहुँको बुल्दीखोला पुल कसले उद्घाटन गर्ने भन्ने विवाद चर्कंदा हिजोदेखि त्यस क्षेत्र तनावमा छ ।
तनावकैबीच बिहीबार कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा तनहुँको बुल्दीखोला पुल उद्घाटन भएको छ ।

कांग्रेसका बरिष्ठ नेतासमेत रहेका रामचन्द्र पौडेलले कानून विपरीत उद्घाटन गरेको भन्दै त्यस क्षेत्रका निर्वाचित सांसद श्रेष्ठले त्यहाँ फेरि पुल उद्घाटन हुने बताएका हुन् ।

‘कांग्रेसका बरिष्ठ नेताले पूरै केटाकेटी व्यवहार देखाउनु भयो भन्दा देख्नेलाई लाज जस्तो भयो’ सांसद श्रेष्ठले नेपालवाचसँग भने, विधिसम्मत पुलको बुल्दीखोला पुलको उद्घाटन हुन्छ ।’

श्रेष्ठले निर्वाचित प्रतिनिधिको उपस्थितिविना पुलको उद्घाटन हाँस्यास्पद भएको बताए ।

‘‘तनहुँ क्षेत्र नं १ को जनप्रतिनिधि मैं हुँ । पुल उद्घाटनबारे मलाई जानकारी छैन, पुल बनाउने सरकारी निकायलाई जानकारी छैन’ सांसद श्रेष्ठले भने, भौतिक पूर्वाधार मन्त्रीलाई लगेर औपचारिक रुपमा पुलको उद्घाटन गछौँ ।’

अब त्यो पुल फेरि कहिले उद्घाटन गर्ने भन्ने प्रश्नमा उनले भने, ‘मन्त्रीज्यूसँग सल्लाह गर्छु, पुल बनाउने कार्यालयसँग पनि सल्लाह गरेर उद्घाटन गरिन्छ ।

सांसद श्रेष्ठले कांग्रेसको वरिष्ठ नेता भएपनि तनहुँ निर्वाचन क्षेत्र नं १ मा आफूलाई जनताबाट पराजित नेताको रुपमा बुझ्न आग्रह गरे ।

‘कांग्रेस वरिष्ठ नेता हुँ भन्ने आडम्बर नदेखाउनुस्, उहाँ नेपाली कांग्रेसको वरिष्ठ नेता हुनुहोला’ सांसद श्रेष्ठले भने, ‘तर यहाँका जनताका लागि पौडेल पराजित नेता मात्र हुन् ।’

सांसद श्रेष्ठले जनताबाट पराजित नेताले त्यही भूमिकामा बस्न जान्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय