कोरोनाको दोस्रो लहरसँगै हिमाली जिल्ला मुस्ताङमा कोरोनाका कारण एक महिना नपुग्दै आमापछि छोराको निधन भएको छ । कोरोनाबाट मुस्ताङको घरपझोङ–४ जोमसोममा मृत्यु भएकी ७२ वर्षीया महिलाको ४३ वर्षीय कान्छा छोरा कर्माछिरिङ गुरुङको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचार गर्ने क्रममा सोमबार निधन भएको घरपझोङ गाउँपालिकाले जनाएको छ ।

मुस्ताङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएकी ७२ महिलाको गत वैशाख १६ गते राति जोमसोम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । कोरानाबाट निधन भएकी तिनै महिलाको कान्छा छोरा गुरुङको त्यस लगत्तै जोमसोम अस्पतालमा गत वैशाख २० गते कोरोना एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि थियो ।

कोरोनासहित स्वास्थ्य अवस्था असहज महशुस गरेका उनी आफै पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएको दुई हप्तामा उनको निधन भएको हो । कोरोनाबाट मृत्यु भएका गुरुङको जेठ २ गते पुनः पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । घरपझोङ गापाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीका अनुसार श्वाश/प्रश्वास तथा निमोनियाका कारण आमाको निधन भएको २५ दिनपछि कोरोनाका कारण छोराको निधन भएको हो ।

स्वास्थ्य संयोजक थकालीका अनुसार लामो समयदेखि जापानमा बस्दै आएका गुरुङ दम्पती २ महिना अघि मात्र मुस्ताङ आएका थिए । योसंगै मुस्ताङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार कोरोनाबाट घरपझोङमा ३ जना, वारागुङ मुक्तिक्षेत्रमा ३ जना र थासाङ गापामा २ जना व्यक्तिले ज्यान गुमाएका छन् ।

कोरोनाको दोस्रो भेरियन्टसँगै पछिल्लो ३ हप्तामा हिमाली जिल्ला मुस्ताङमा संक्रमितको संख्या २ सय ९२ पुगेको छ । जसमध्ये ८९ जना व्यक्तिले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । मुस्ताङको घरपझोङमा ७६ संक्रमित मध्ये ४० जना, थासाङमा ७३ संक्रमितमध्ये १७ जना र वारागुङ मुक्तिक्षेत्र गापामा १ सय ३४ संक्रमित मध्ये ३२ जनाले कोरोना जितेका हुन् ।

यस्तै उपल्लो मुस्ताङको लोमान्थाङमा ९ जना संक्रमित छन् भने लोघेकर दामोदरकुण्ड गापा कोरोनामुक्त छन् । मुस्ताङबाट पछिल्लो ३ हप्तामा कोरोनाका कारण २२ जना व्यक्तिको जोमसोम अस्पतालबाट रिफर भएका छन् भने १ सय ६८ जना सक्रिय संक्रमित होमआइसोलेसन र १६ जना संक्रमित जोमसोम अस्पताल र स्थानीय तहका कोभिड आइसोलेसनमा छन् ।

स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार हालसम्म एक हजार २२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ९१ ज्ना व्यक्तिमा संक्रमण पुष्टि भएको हो भने १ सय ७९ जना व्यक्तिको नमूना स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा १ सय १ जना व्यक्तिमा संक्रमण देखिएको हो । मुस्ताङमा मंगलबारसम्म १ सय ७४ जना संक्रमित रहेको जनाइएको छ । annapurnapost

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!