काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री गगन कुमार थापाले बाख्रा प्रकरणबारे स्पष्टिकरण दिँदा दिँदै आफू हैरान परेको बताएका छन्। थापाले कम्युनिस्टहरुले यो हल्ला फैलाएको बताँउदै आफूले यदी साँचै सरकारी अनुदान अपचलन गरेको भए अहिले आफ्नै सरकार हुँदा कारबाही गरेर देखाउन पनि चुनौती दिएका छन्।

प्राइम टेलिभिजनमा अन्तरवार्ता दिदै थापाले भने, ‘मैले राज्यको ढुकुटीबाट एक सुकी पनि लिएको छैन। त्यहि मन्त्रालय छन्। त्यही छ कागजात। तिमिहरुसंगै छ प्रहरी, प्रशासन, अड्डा, अदालत छ। तिम्रै ‘बा’को छ साबि अहिले। जाउ खोज। छानबिन गर। यो प्रश्न बारबार आउँछ। आजकल मलाई यो प्रश्न देखेर रमाइलो लाग्छ। घरमा बसेर नेताले दिएको हण्डी खानेहरुले यो कुरा कहिले पनि बुझ्दैनन्।’

यदी आफूले साच्चैँ सरकारी अनुदान अपचल गरेको भए अहिलेसम्म उनीहरुले आफूलाई बाँकी नराख्ने थापाको भनाइ छ। ‘यत्रो दिन सम्म मैले सरकारको अनुदान लिएर तलमाथि गरेको भए अस्ति घनश्याम भुसाल हुनुहुन्थ्यो, अहिले पद्मा अर्याल हुनुहुन्छ। यत्रो मान्छे हुनुहुन्छ। ति सबै मान्छे आएर खोजेर के के गर्थे होलान। मेरो सामाजिक सञ्जालमा के कस्तो सार्वजनिक गर्थे होलान्रु,’ उनले भने।थापाले इलम र उद्यममा लागेकाहरुले लगानी गर्दा कहिले घाटा त कहिले नाफा हुन्छ भन्ने बुझ्ने भए पनि नेताको हण्डी खानेहरुले त्यो कहिल्यै नबुझ्ने बताए।

थापाले भने, ‘यस्ता आरोप लगाउनेहरु देख्दा यिनीहरु कति तथ्यहरुमा समातेर कुरा गर्न नसक्ने मान्छेहरु रहेछन् भनेर दया लाग्छ। कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तालाई उद्यम इलम सिकाउने रहेनछ। मागेर खाने, नक्कली संस्था बनाएर खाने, राज्यको स्रोतबाट दोहन गरेर खानेहरुले यो कुरा त बुझ्दै बुझ्दैनन्। यिनले बुझ्दै बुझ्दैनन् ,तर बुझनै पर्ने छ अब त बुझ । माथि देखि तलसम्म ‘बा’ भनेर मागेर खाने। यी सबै मागेर खानेहरुले बुझ्दै बुझ्दैनन्। यी मगन्तेहरुले उद्यम र इलमबारे बुझ्दैनन्।’

आफू बाख्रा पालन पेशामा चुर्लुम्म डुबेर नै त्यसबाट हात झिकेको थापाले स्पष्ट पारे। उनले बाख्रा खोइ भन्ने प्रश्नमा आफूले सरकारी अनुदान नलिएकोले आफ्नो लगानीका बाख्रालाई आफ्नो मर्जी गरेको पनि बताए।थापाले भने, ‘बाख्रा तेरा कहाँ गए भन्ने साथीहरुलाई भन्ने गरेको छु, मैले केहीलाई आफूले बनाएर खाए, केहीलाई मैले बेचे, केहीलाई मैले बाढे, केहीलाई मैले तारेर खाए, केहीलाई भुटेर खाए। जे गरे मैले गरे।

मेरो थियो मैले गरे।’अब त बुझ,बुझिस ।स्मरण रहोस गगन थापाले आफ्नै लगानीमा काठमाडौंमा बाख्रा पालन र स्वास्थ मासु पसल संचालन गरेका थिए ।यहि बिषयलाई अनावश्यक जोडेर सरकारी अनुदान बाट बाख्रा पालेको भन्दै विपक्षीका सामाजिक सञ्जाल प्रयोगकर्ताले कहिलेकाही थापाको गलत प्रचारप्रसार गर्छन् ।अनुदानको बिषयमा सम्बन्धि निकायले पटकपटक विज्ञप्ति निकालेर गगन थापाले एक रुपैयाँ पनि नलिएको र यस्ता वाइयात आरोप नलगाउन केही वर्ष अगाडि विज्ञप्ति सहित खण्डन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!