हेर्नुहोस् नयाँ मूल्य सूचि :

११ जेठ, ताप्लेजुङ ।

ताप्लेजुङ उद्योग वाणिज्य संघले आफूखुसी उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको छ । व्यवसायीहरुले उपभोग्य वस्तुको दररेट सार्वजनिक भएको भोलिपल्टदेखि नै विभिन्न प्रकारका उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका हुन्।

संघले चामल, खानेतेल, दाल, गेडागुडी, चिनीलगायतका दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि गरेको हो ।

ताप्लेजुङ उद्योग वाणिज्य संघको मूल्य सूचि अनुसार थोक बिक्रेताले प्रत्येक दैनिक उपभोग्य वस्तुको मूल्य १० देखि एक सय ५० रुपैयाँसम्म वृद्धि गरी सामान बजारमा बेचिरहेका छन्। थोक बिक्रेताले सबै प्रकारका खाने तेलमा प्रतिलिटरमा ९० देखि १०० रुपैयाँ, चामलमा प्रतिकेजी १० देखि १५ रुपैयाँ , गेडागुडीमा प्रतिकेजी २० देखि ३० रुपैयाँ र चिनीमा १५ देखि २५ रुपैयाँसम्म मूल्य बढाएका छन्।

मूल्यवृद्धि भएसँगै उपभोत्ताहरुले विभिन्न सामाजिक संजालमार्फत विरोध समेत गरिरहेका छन् ।

व्यापारीहरुले अनाधिकृत रुपमा खाद्यान्न सामग्रीहरु वक्री गरिरहँदा नियमक निकाय भने मौन जस्तै रहेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!