
४पुस, काठमाडौं ।काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्धा खेप्दै आएका सभामुख अग्नी सापकोटाको मुद्धामा सर्बोच्चले पेशी तोकेको छ ।
संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएर सरकारलाई असहयोग गरेको चर्चा चलिरहँदा सापकोटा बिरुद्धको मुद्धाले पेशी पाउनुलाई सापकोटा समर्थकहरुले आश्चर्य मानेका छन् ।
यस मुद्धा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको छ ।
यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।
१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।
त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो ।
त्यस पछि यो मुद्धा बिचाराधीन अवस्थामा रहेको छ ।