नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै प्रचण्डपथमा लागेजस्तो छ भनेपछि प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन्।

आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ भनेका थिए।

पछिल्लो समय प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस, माओवादी केन्द्रलगायत ५ दल गठबन्धन गरेर राष्ट्रपति र प्रधानमन्त्रीका कदमको विरोधमा उत्रिएका छन्।

यस्तै गत शुक्रबार माओवादी, नेकपा एमालेकै माधव नेपाल पक्ष, जसपालगायतका सांसदको हस्ताक्षर लिएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाबी गर्न राष्ट्रपति कार्यालय पुगेका थिए।

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसलगायत दल उत्रिएपछि प्रधानमन्त्री ओली कांग्रेसप्रति आक्रामक देखिएका छन्।

यसैक्रममा आइतबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस नेता पुष्पा भुषालले ओलीले गराउने चुनावमा आफूहरू सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

आफूलाई प्रधानमन्त्री दाबी गर्दै कांग्रेसका सभापति देउवाले राष्ट्रपतिसमक्ष किर्ते हस्ताक्षर बुझाएको आरोप ओलीको थियो।

यसबारे सोमबार कांग्रेस प्रवक्ता शर्माले ओलीलाई ट्वीटमार्फत् जवाफ दिएका छन्।

‘ताज्जुब लाग्छ तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ,’ शर्माले भनेका छन्, ‘हिजो प्रचण्डसँग पार्टीकै एकता निकै गौरवसँग गर्नुभएको थियो, आज मुद्दामा मात्रै कांग्रेसका कुरा प्रचण्डसँग मिल्दा ए प्रचण्डपथमा पो लाग्यो? सौ चुहे खा के बिल्ली चली हज को भन्ने कहावत यहाँकै लागि रहेछ नि प्रधानमन्त्रीज्यू।’

Setopati

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!