३ पुस, ताप्लेजुङ । ताप्लेजुङमा विहिबार थप २ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जना निको भएर डिस्चार्ज भएका छन् । विहिबार थप ७१ जनाको पिसिआर रिपोर्ट आउँदा एक स्वास्थ्यकर्मी सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पाथिभरा याङ्वरक–१ की एक महिला र सानिमा हाईड्रोपावरमा कार्यरत एक पुरुष रहेका छन् । आज जिल्ला अस्पतालका ७ र सानिमा हाईड्रोपावरमा कार्यरत ६४ जनाको रिपोर्ट आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा २४ जना सक्रिय संक्रमित रहेका छन् ।

ताप्लेजुङमा आजसम्म १ हजार ४ सय ५५ जनाको स्वाव परिक्षण गर्दा ९३ जनाको कोरोना पोजेटिभ आएको थियो । ति मध्ये ६९ जना निको भैसकेका छन् । यसैविच सानिमा हाईड्रोपावरमा कार्यरत थप ६० जनाको स्वाव आज संकलन गरिएको छ । संकलित स्वावलाई आज परिक्षणका लागि पठाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय