ताप्लेजुङ । चार दलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चालेको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध प्रतिकारमा उत्रन आह्वान गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पर्टीका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै संसद विघटनको विरोध गरेका हुन् ।

चार दलले संयुक्त विज्ञप्तिमा प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त नगरि राष्ट्रपतिले संविधानको व्यवस्थालाई नै कुल्चिएको आरोप समेत लगाएका छन् ।

आईतबार दिउँसो नेपाली काँग्रेस, नेकपा एमाले (नेपाल पक्ष) माओवादी केन्द्र र जनता समाजबादी पार्टीले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै असंवैधानिक कदमका विरुद्ध शस’क्त रुपमा लाग्न सार्वजानिक अपिल गरेकाहुन् ।

दोस्रो पटक संसद विघटन गरि कथित मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको अपराधपुर्ण कदमले मुलुकलाई झन अस्थिरता तर्फ धकेलेको विज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!