
२ पुस, ताप्लेजुङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङको अध्यक्षमा राजेन्द्र भारती चयन हुनुभएको छ । बुधबार सम्पन्न महासंघको आठौ जिल्ला अधिवेशनबाट भारती अध्यक्षमा सर्वसम्मतले चयन हुनुभएको हो ।
यस्तै महासंघको उपाध्यक्षमा नरबहादुर सोनाम, सचिवमा हर्कराज गुरुङ, सहसचिवमा विजिता चोङ्वाङ, कोषाध्यक्षमा लीला सुनुवार र सदस्यहरुमा शान्ति सिवा र कौशिला मादेन रहुनुभएको छ । अध्यक्षमा चयन हुनुभएका भारतीले जिल्लामा रहेका घरेलु तथा साना उद्योग तथा व्यवसायीको हितमा रहेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यस अघि कुमार सिवा महासंघको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।
यसैबीच नेपाल घरेलु तथा साना उद्योग महासंघको जिल्ला अध्यक्षमा भने विष्णु श्रेष्ठ चयन हुनुभएको छ । उक्त समितिको उपाध्यक्षमा कौशिला मादेन, सचिवमा नैनकला गुरुङ, सहसचिवमा विजिता चोङ्वाङ र कोषाध्यक्षमा शान्ति सिवा चयन हुनुभएको जनाईएको छ । यस्तै सदस्यहरुमा बीरमाया शेर्पा र लीला सुनुवार रहनुभएको छ । महासंघको अधिवेशन संगै छैटौँ महिला उद्यमी सम्मेलन पनि आजै सम्पन्न भएको हो ।