प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले आफ्नै कर्म र प्रवृत्तिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको टिप्पणी गरेका छन् ।
शनिबार दिउँसो राष्ट्रपतिमाथि गरिएको सम्बोधन मर्यादाहीन भएको प्रधानमन्त्री केपी ओलीले आपत्ति जनाएपछि गगन थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै थापाले भनेका छन्, ‘आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’
यस्तै, राष्ट्रपतिलाई तिमी भनेकोमा केपी ओलीलाई चित्त दुःखेकोमा विचरा भन्दै गगन थापाले व्यङ्य गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, विचरा !’
उनले गणतन्त्रमा सम्मान दर्जाले नभई कामले आर्जन हुने पनि बताएका छन् । राष्ट्रपतिलाई तपाईँ हुँदै तिमीमा कसले ओरालेको भन्द्र ओलीप्रति प्रश्न पनि गरेका छन् ।
नेता थापाले अघि भनेका छन्, ‘गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड, सम्माननीय राष्ट्रपतिूबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ?’








