ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका ६ मामाङखेको मामाङखे सहायता समाज र कोभिड १९ रिलैफ फण्डको समन्वयमा स्थानीयलाई उपलब्ध गराइएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सदरमुकाम फुङलिङबाट सामाग्री खरिद गरेर फण्डका सचिव कैलाश मावो र कोषाध्यक्ष रोमा मावोले शुक्रबार मामाङखेका वडाध्यक्ष शुक्रराज मावोलाई हस्तानतरण गरेका छन् । वडाध्यक्ष मावोले सामाग्री ग्रहण गर्दै कोरोनाको विषम परिस्थितिमा स्वास्थ्य सामाग्री खरिदका निम्ति आर्थिक सहयोग उपलब्ध गराउने सम्पुर्ण सहयोग दाताहरुलाई धन्यवाद समेत दिनुभयो । स्वास्थ्य सामाग्री मामाङखे सहायता समाजको मातहतमा वडाबासीलाई वितरण हुने गरी हस्तान्तरण गरिएको फण्डका सचिव मावोले जानकारी दिनुभयो । उत्ता समाजका अध्यक्ष सोमकुमार मावोले स्वास्थ्य सामाग्री भोलि विहानै देखि वडाबासीलाई उपलब्ध गराइने जानकारी दिनुभयो ।

उहाँका अनुसार टोल विकासका अध्यक्ष र स्वयम्सेविकाको समन्वयमा प्रत्येक परिवारलाई सामाग्री वितरण गरिने छ । अमेरिकाबाट घनेन्द्र मावो, जापानबाट प्रदिप मावो, साउदीबाट दुर्गा मावो, कोरियाबाट सुरन्द्र मावो, हङकङबाट मञ्जु मावोले आफ्ना गाउँका स्थानीय नागरिकलाई सकेसम्मको स्वास्थ्य सामाग्री खरिद गरेर प्रदान गर्ने अभियान सुरुवात गर्न समन्वय गरेका थिए । मामाङखेका समाजसेवी व्यक्ति तथा देश विदेशमा रहेका मामाङखे वासीबाट संकलन भएको २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री अन्तर्गत माक्स, सेनिट्राजर पिपिइ, थर्मल गन, साबुन लगायतका आवश्यक सामाग्री खरिद गरेर उपलब्ध गराइएको हो ।

यस्तै दोश्रो चरणमा अक्सिजन सिलिन्डर, एन्टिजेन परीक्षणका लागि आवश्यक किट लगायतका अतिआवश्यक सामग्रीहरुको खरिद गर्ने समेत तयारी भईरहेको रिलैफ फण्डका सहसचिव रोस्नि मावोले जानकारी दिनुभयो । जसका लागि आवश्यक रकम संकलन गर्न विशेष पहल गरिरहेको रिलिफ फण्डका अध्यक्ष डिल्लीराज मावोले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!