
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई असंवैधानिक र निरंकुश कदम भएको बताएका छन्।
मंगलबार राष्ट्रपतिबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछि उनले सरकारको यो कदमलाई असफल पारेरै छाड्ने बताएका छन्।
उनले सडक, सदनको बलबाट र जनताको साथ र शक्तिबाट यस कदमलाई असफल बनाउने बताएका हुन्।
त्यस्तै, संसद बन्द गरेर संविधान व्यवस्थाको खिल्ली उडाइ राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने गरेको बताए।
‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने ! @kpsharmaoli,’उनले ट्विटरमा लेखेका छन्,’ सरकारको यो असंवैधानिक र निरंकुश कदमलाई असफल बनाएरै छाड्नेछौं। सडक र सदनको बलबाट! जनताको साथ र शक्तिबाट!’