प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बन्न नसके आफुले पुनः प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका छन् । ‘म पनि दाबी गर्ने प्रयासमा छु । दावी गर्न सक्छु । अहिलेसम्म मसँग १२१ मतभार छ, मलाई अलि सजिलाे होला ’, प्रधानमन्त्री ओलीले राष्ट्रपतिले दिएको समय सीमाभित्र सरकारको दावी गर्नुहुन्छ कि हुदैन ? भन्ने प्रश्नमा ओलीले भने, ‘समर्थन दिनुस् भनेर साथीहरुसँग कुरा गरिरहेको छु ।’

तर प्रधानमन्त्री ओलीले आफुलाई अब सरकार चलाउन मन भने नभएको बताएका छन् । ‘अर्को प्रम नबन्दा सम्म म प्रधानमन्त्रीकै रुपमा काम काज गरिरहन्छु । तर अर्को प्रधानमन्त्री बन्न बाटो खुलेको छ । म दिक्क भइसके सरकार चलाउन, मन छैन । अर्को सरकार बनाऊ त्यसका लागि बाटो खुलेकै छ । राष्ट्रपतिले मिलेन भनेर त भन्नुभएको छैन’, प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!