३० मंसिर, ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा बस्दै आएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । विगत ४ वर्ष यता वस्दै आएका योगीको आज विहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अन्दाजी ६० वर्षिय सन्यासी बाबाले आफु राजस्थानमा जन्मिएको बताउँदै आएका थिए ।
विहान छाती दुखेको, सास फेर्न गाह्रो भएको बताए पछि उनलाई उपचारका लागि जिल्ला अस्पताल तर्फ ल्याईएको थियो । तर जिल्ला अस्पताल आईनपुग्दै निधन भएको बताईएको छ ।
उहाँको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानुनी प्रकृया अघि बढाईने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले बताउनुभयो । सन्यासी बाबा विगत ४ वर्षदेखि पाथीभरामा बस्दै आएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय