ताप्लेजुङ : मेरिङदेन गाउँपालिकाको सान्थाक्राका शिक्षक खड्गबहादुर आवजुङको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

पक्राउ परेका सान्थाक्राका ३० वर्षीय आकाश लिम्बू र मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय काजीमान वनेम लिम्बूलाई मंगलबार पूर्पक्षका लागि ताप्लेजुङ कारागार चलान गरिएको प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए। आकाशलाई गत वैशाख ९ र काजीमानलाई वैशाख ३० गते पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले बताए।

आकाशले हत्याका क्रममा प्रयोग भएको बन्दुक काजीमानबाट लिएको बताएपछि उनलाई पनि पक्राउ गरिएको हो। दुवै जनालाई अनुसन्धानपछि जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराइएकोमा अदालतले पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको हो। आकाशले गत वैशाख ९ गते साँझ स्थानीय शिक्षक ५२ वर्षीय खड्कबहादुर लिम्बूलाई भरुवा बन्दुकबाट गोली प्रहार गरेर हत्या गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!