काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले अस्पताल आउजाउ गर्नुपरे यातायात सेवा दिने बताएका छन्।
काठमाडौं महानगरतर्फ ९८५१०९६३०३ र बुढानिलकण्ठ नगरपालिकातर्फ ९८५१०६५२५६ र ९८५१०७२१२९ मोबाइल नम्बरमा सम्पर्क गर्न थापाले अनुरोध गरेका छन्।
‘घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन,परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा नि:शुल्क यातायात सेवा सुरु गरेका छौँ।
सम्पर्क:कामनपा तर्फ:९८५१०९६३०३ बुनपा तर्फ:९८५१०६५२५६/९८५१०७२१२९ वा हटलाइन नं. ९८६०३४०५८७ मा SMS गर्नु होला।’ थापाले लेखेका छन् ।







