नेकपा माओवादी केन्द्रले जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटालाई मत दिन आग्रह गरेको छ।हितमान शाक्य, नारायण दाहाल र शालिकराम जमकट्टेलले आज संयुक्त रूपमा विज्ञप्ति निकालेर रामबहादुर थापा बादल प्रतिगमनकारी तत्वको मतियार भएको आरोप लगाएका छन्।
बागमती प्रदेश अन्य अन्तर्गत राष्ट्रिय सभा सदस्य पदमा २०७४ सालमा माओवादी केन्द्रबाट बादल निर्वाचित भएका थिए। बादल एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो।
‘रामबहादुर थापाले पार्टीको नीति, विधि र अनुशासन नमानेर प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेकाले पार्टीले राष्ट्रिय सभा सदस्यबाट कारवाही गरेकोले उक्त स्थान खालि हुन गयो,’ उक्त विज्ञप्तिमा भनिएको छ।
साथै उक्त स्थानमा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत दलको सहयोगमा साझा उम्मेदवारका रूपमा देवकोटा चुनावी मैदानमा रहेकोले मत दिन पनि उनीहरूको आग्रह छ।







