३० मंसिर, ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले कक्षा ११ र १२ को अध्ययनलाई निशुल्क बनाएको छ । गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई यसै वर्षदेखि निशुल्क अध्यापन गराउने भएको हो ।

निशुल्क शिक्षा, हामी सबैको इच्छा कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पारित गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेको गाउँपालिकाले जनाएको छ । उक्त कार्यविधि आईतबार बसेको कार्यपालिका बैठकले पारित गरेको हो ।

संविधानमा व्यवस्था भएको शिक्षा सम्बन्धि मौलिक हकलाई कार्यान्वयन गर्दै आफ्नो क्षेत्रका नागरिकलाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितीको बोध गराउने उद्धेश्यले उक्त व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो ।

भर्ना शुल्क, रजिष्ट्रेशन र परिक्षा दस्तुर बापत् बार्षिक १ हजार ५ सय रुपैँया र मासिक शुल्क ४ सय रुपैँया सम्बन्धित विद्यालय मार्फत उपलब्ध गराउने बताईएको छ । यस्तै यहाँका हरेक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालबालिकालाई भने वर्षेनी पोशाक र स्कुल ब्याग निशुल्क उपलब्ध गराईने भएको छ ।

गाउँपालिका भित्र हाल कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या १६ सय ९ रहेको छ । पोशाक, स्कुल व्याग र जुत्ताका लागि प्रति विद्यार्थी वार्षिक २५ सय रुपैँया खर्च हुने प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । यता कक्षा १० का सबै विद्यार्थीलाई तयारी कक्षा समेत दिईने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय