भारतको एउटा गाउँमा एउटा यस्तो परम्परा छ । जुन सुन्दैमा अमानवीय अपपराध ठहरिन्छ । भारतको आन्ध्रप्रदेशस्थित अनन्तपुर जिल्लाको रोला मण्डलस्थित गन्ताहल्लागोट्टी गाउँमामा महिलाहरुलाई सुत्केरी भएको तीन महिना र रजश्वला भएको समयमा गाउँबाट नै निकालिन्छ ।

कादुगोल्ला समुदायका मानिस बस्ने गरेको यो गाउँमा १२० घर छन् । समाचारमा जनाईए अनुसार त्यहाँका महिलाहरुले रजश्वला भएको पाँच दिनसम्म र बच्चा जन्माएको सुरुका तीन महिनासम्म गाउँमा नै बस्न पाउँदैनन् । जब ३ महिना पुग्छ, त्यसपछि घर फर्किनु अघि सुत्केरी महिलाले एउटा मन्दिरमा गएर आत्मशुद्धिको पूजा गर्नु पर्ने चलन छ ।

समाचारमा उल्लेख भए अनुसार महिलाको सुत्केरी हुने दिन आएसँगै उनलाई घरबाट निकालेर गाउँ भन्दा बाहिर बाँसले बनाइएको र ताडका पातले छाएको र छोपेको झुपडीमा लगेर राखिन्छ । बच्चा जन्मेपछि उक्त झुपडीमा तीन महिनासम्म राखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!