भारतको उत्तर प्रदेशमा कक्षा १२ को बोर्ड परिक्षामा एक परिक्षार्थीले रसायन विज्ञानको परीक्षामा उत्तरपुस्तिकामा प्रश्नहरुको उत्तर नभई आफ्नी प्रेमिकालाई प्रेमपत्र लेखेका छन् ।
उनले उत्तरपुस्तिकामा लेखेको प्रेमपत्रमा आफुले कसरी पढाई त्यागे भन्ने बारेमा उल्लेख गरेको छन् । उनले आफ्नो उत्तरपुस्तिकामा लेखेका छन्, आइ लभ माइ पूजा । यो प्रेम पनि के चिज हो ? न बाँच्न दिन्छ न त मर्न ।
सर, यो लभ स्टोरीले पढाइबाट टाढा गरिदियो, तथापि उनले आफ्नो प्रेम कहानी उत्तरपुस्तिकामा उल्लेख गरेका छन् । साथै मुटुको चित्र समेत बनाएका छन् । उनले प्रश्नपत्रको कुनै पनि उत्तर लेखेका छैनन् ।
गत मार्च १७ देखि यूपी बोर्डका परीक्षार्थीहरुको प्रश्नपत्र जाँच्ने क्रममा एकजना विद्यार्थीको उत्तर पुस्तिकामा यसरी प्रेमपत्र लेखिएको भेटिएको हो ।







