
मंसीर २९, ताप्लेजुङ । लामो समय सम्म सरकारको बिरुद्ध प्रभावकारी भूमिका खेल्न नसकेको आरोप खेपिरहेका बेला आज काँग्रेसले देशभर एकसाथ प्रदर्शन गरेर शक्ति देखाएको छ ।
आज शीर्ष नेताहरुकै अगुवाईमा देशभरका जिल्ला सदरमुकाम र शहरहरुमा काँग्रेसका लाखौँ कार्यकर्ता सडकमा ओर्लिएका छन् ।
सरकार बिरोधी भिन्न नारा र झण्डा सहित उत्रिएका काँग्रेस कार्यकर्ताहरुको र्याली पछि अहिले सभाहरु शुरु भएको छ ।
भ्रष्टाचार, कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको लगायतका विभिन्न नारा लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज बिरोध प्रदर्शन आयोजना गरेको हो । ठूलो संख्यामा काँग्रेस कार्यकर्ता र समर्थकहरुले र्यालीमा भाग लिएको देखिएको छ ।
मंसीर १७ गते वरिष्ठ नेता पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टा थुने पछि काँग्रेसले ओली सरकार सर्वसत्तावादी भएको भन्दै नारा तय गरेर बिरोध कार्यक्रम घोषणा गरेको थियो । । लामो समय सम्म सरकारको बिरुद्ध प्रभावकारी भूमिका खेल्न नसकेको आरोप खेपिरहेका बेला आज काँग्रेसले देशभर एकसाथ प्रदर्शन गरेर शक्ति देखाएको छ ।
आज शीर्ष नेताहरुकै अगुवाईमा देशभरका जिल्ला सदरमुकाम र शहरहरुमा काँग्रेसका लाखौँ कार्यकर्ता सडकमा ओर्लिएका छन् ।
सरकार बिरोधी भिन्न नारा र झण्डा सहित उत्रिएका काँग्रेस कार्यकर्ताहरुको र्याली पछि अहिले सभाहरु शुरु भएको छ ।
भ्रष्टाचार, कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको लगायतका विभिन्न नारा लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज बिरोध प्रदर्शन आयोजना गरेको हो ।
यता ताप्लेजुङमा काङ्ग्रेस पार्टी कार्यालयबाट निस्केको बिरोध जुलुस माथिल्लो रोड, तोक्मे हुँदै बिरेन्द्र चौकमा कोणसभामा टुङ्गिएको थियो। कोणसभामा ताप्लेजुङका बरिस्ठ नेता तथा पुर्व पार्टी सभापति केशवप्रसाद दाहाल, गजेन्द्र तुम्याहाङ, मंगल मेनेङ्बो, खगेनसिङ हाङ्गगाम लगायतले सम्बोधन गर्नु भएको थियो।
मंसीर १७ गते वरिष्ठ नेता पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टा थुने पछि काँग्रेसले ओली सरकार सर्वसत्तावादी भएको भन्दै नारा तय गरेर बिरोध कार्यक्रम घोषणा गरेको थियो ।
हेर्नुस् केही तस्वीरहरुः