१ जेठ, ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

गाउँपालिकाबाट ३५ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएकोमा ११ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका ११ जनामा संक्रमण देखिए पछि गाउँपालिकाले थप सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यता मैवाखोला गाउँपालिकाका ५ जनामा समेत संक्रमण देखिएको छ । त्यहाँबाट ३७ जनाको स्वाब संकलन गरि पठाईएको थियो ।

यता शुक्रबार जिल्ला अस्पताल ताप्लेजुङमा गरिएको एन्टिजेन परिक्षणबाट ३ जनामा संक्रमण देखिएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!