सामान्यतः बिहे उमेर मिल्दोजुल्दो व्यक्तिसँग गरिन्छ । तर, अमेरिकाको फ्लोरिडामा एक २४ वर्षीय युवतीले भने ६८ वर्षका वृद्धसँग बिहे गरेकी छन् । उनले वृद्धसँग गाढा प्रेम परेर बिहे गरेकी भने होइनन् ।
खबरअनुसार ती ६८ वर्षीय वृद्ध निकै धनी रहेको कुरा थाहा पाएपछि ती युवतीले आफूभन्दा ४४ वर्ष जेठा व्यक्तिसँग बिहे गरेकी हुन् । उनले वृद्धसँग बिहे गरेपछि रातारात भाइरलसमेत बनिन् ।
तर, सम्पत्ति र ऐस–आरामको लोभमा वृद्धसँग बिहे गरेकी ती युवती अहिले ठूलो पश्चातापमा छिन् । सम्पत्तिको लोभमा वृद्धसँग बिहे गरेपछि ती युवतीले वृद्धको यस्तो कुरा थाहा पाइन्, जुन उनले कल्पना पनि गरेकी थिइनन् ।
ती युवतीले पैसाको लोभमा परेर बिहे गरेका वृद्धि अन्ततः आफ्नै हजुरबुबा पो परेछन् । बिहे नहुँदासम्म ती युवतीले वृद्धलाई थोरबहुत जानेकी पनि थिइन । पछि सहमतिमै बिहे भयो ।
बिहेपछि उनीहरू मियामीस्थित गोल्डेन बिचमा रहेको वृद्धको सुन्दर घरमा रहेर जीवन कटाउन थाले । समयक्रमसँगै विवाहित युवतीले एकदिन वृद्ध लोग्नेको घरका तस्बिरको एल्बम हेर्नेक्रममा एक रहस्य बाहिर आयो, जुन उनले कल्पना पनि गरेकी थिइनन् ।
ती वृद्धसँग रहेको एउटा फोटोमा ती युवतीका बुबा पनि सँगै थिए । तब उनले जिब्रो टोकिन् । अनि ती युवतीले आफ्ना बुबालाई देखाउँदै ‘उहाँलाई चिन्नुहुन्छ’ भने सोधिन् । अहो ! ती वृद्धले त युवतीले देखाएका व्यक्तिलाई आफ्नो छोरा रहेको बताए । तब ती युवतीले जिब्रो टोकिन् । अन्ततः उनले आफले आफ्नै साख्खै हजुरबुबासँग बिहे गरेको पुष्टि पाइन् ।
यस्तो रहस्य बाहिर आइसकेपछि ती वृद्ध र युवती छुट्टिएलान् भन्ने अपेक्षा थियो । तर, त्यस्तो भएन । उनीहरू जे–जे भए पनि पति–पत्नीकै रूपमा बस्ने निचोडमा पुगे ।
खासमा कुरा यस्तो रहेछ कि, ती वृद्ध राम्रा–राम्री युवतीलाई प्रेममा फसाउन सिपालु रहेछन् । आफ्नी नातिनीसँगको उनको बिहे जीवनको तेस्रो बिहे थियो । आफ्नी नातिनीसँग पनि उनको चिनापर्ची डेटिङकै क्रममा भएको बताइएको छ । पछि समयसँगै उनीरू प्रेममा परे । र, आफ्नो प्रेमी निकै धनी रहेको थाहा पाएपछि युवतीले वृद्धसँग बिहे गर्ने निर्णय गरेकी थिइन् ।
एजेन्सी







