काठमाडौं। एमालेमा समानान्तर गतिविधि गरिरहेको माधव कुमार नेपाल समूहका सांसदहरु संसद सचिवालय सिंहदरबारमा जम्मा भएका छन्। चपली हाइटमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता जारी रहेका बेला सांसदहरु सिंहदरबारमा जम्मा भएका हुन्। चपलीहाइट वार्ता विफल भए सांसदबाट राजीनामा दिने तयारीका साथ उनीहरु सिंहदरबारमा जम्मा भएका हुन्। अहिले वार्तामा सहमति नभए माधव समूहले सामूहिक राजीनामा दिने बताउँदै आएको छ। र यसका लागि अब केही मिनेटको मात्र समय बाँकी छ। DC Nepal बाट

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!