मंसीर २९ काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भोली सरकार बिरुद्ध हुने प्रदर्शनमा मास्क लगाएर आउन र सामाजिक दुरी कायम राख्न आव्हान गरेका छन् ।
आज एक अपील जारी गर्दै देउवाले कोरोना कहरलाई ख्याल राखेर स्वास्थ्य मापदण्ड पालना गर्न आव्हान गरेका हुन् ।
सरकार बिरुद्ध भोली काँग्रेसले देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्ने तयारी गरेको छ ।
भोलीको प्रदर्शन भव्य बनाउन पनि देउवाले अपील गरेका छन् ।
सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको उनले बताए ।
“जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? देउवाले भनेका छन् ।

देउवाले अब सडकबाट पनि काँग्रेसले शसक्त खबरदारी गर्ने र सदनबाट पनि खबरदारी गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय