एजेन्सी

‘दुई सन्तान ईश्वरको बरदान’ हामी नेपालीले सन्तान जन्माउने निर्णय लिँदा यसो भन्छौं । तर, बेलायतकी एक माहिलाले भने वर्षौनी गरेर २१ जना सन्तान जन्माएकी छन् ।

स्र्यु याडफोर्ड नामक ती महिलाले गत मंगलबार २१ औं शिशूलाई जन्म दिएकी छन् । स्थानीय समयअनुसार मंगलवार उनले बोन्नी रे नामक शिशूलाई जन्म दिँदै उनले आफूले यहीँ नै अन्तिम शिशू भएको बताएकी छन् ।

अझ अचम्मको कुरा त के छ भने ४३ वर्षीया स्युले एक वर्षअघि सेप्टेम्बरमा २० औं सन्तान जन्माउँदा पनि यो नै अन्तिम सन्तान भनेकी थिइन् । उनले यसपटक पनि यो नै अन्तिम बच्चा भएको बताएकी छिन् ।

उनका ४७ वर्षीया श्रीमान् नोयल भन्छन्, ‘धेरैले २ वा ३ बच्चा जन्माउँदा पनि धेरै भयो भन्छन्, हामीले २१ जना जन्मायौं ।’

स्यु १४ वर्ष हुँदा उनीहरुको पहिलो सन्तान क्रिसको जन्म भएको थियो । क्रिस अहिले २८ वर्ष भए । स्यु र नोयल हजुरआमा हजुरबा पनि बनिसकेका छन् । उनीहरुका जेठी छोरी सोफीले उनीहरुका लागि ३ जना नातिनातिनी जन्माएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!