एजेन्सी
संसारमा अनेक–अनेक नियम–कानुन र चलन चलेका हुन्छन् । यहाँ यस्तै एउटा चलनबारे चर्चा गर्दैछौं, जुन सुन्दा हाँस्यास्पद लाग्न सक्छ ।
यो यस्तो चलन हो– जहाँ सोमबारका दिन केटाहरूर्ला जे पनि छुट हुन्छ । खबरअनुसार मध्ययुरोपका केही देश खास गरी पोल्यान्ड, चेक गणतन्त्रमा सोमबार बिदा हुन्छ । सो बिदाका दिन त्यहाँ केटाहरूले आफूले चाहेकी युवतीलाई मनलाग्दी गर्न पाउँछन् । समाजले यसका लागि छुट दिएको छ ।
सो दिन पुरुषले महिला वा चाहेका युवतीलाई मज्जाले भिजाउन पाउँछन् । कसरी भने, ती देशमा ‘वेट मन्डे’ बिदा दिइन्छ । यसलाई ‘भिजेको सोमबार’ भनिन्छ ।
सो दिन युवकले युवतीलाई भिजाए एकअर्काले गरेको पाप पखालिने विश्वास छ । यो बताइन्छ कि, त्यस क्षेत्रका सबैभन्दा सुन्दर युवतीलाई कुनै पुरुषले भिजाए ती महिलाले कुनै विरोध वा प्रतिकार गर्दिनन् । किनभने, त्यसो गर्नाले भिजाउने पुरुषले जीवनमा गरेका पाप सकिन्छन् भन्ने विश्वास त्यहाँ रहेको छ ।
ती देशमा अहिले यस्तो संस्कार फेरिँदै जान थालेको छ । अहिले त केटाहरूले जो पायो त्यही केटीलाई भिजाउन थालेका छन् । तर, बेला–बेला यस्तो गर्दा झगडासमेत हुने गरेको छ ।
अझ रोचक कुरा, सोमबार केटाहरूले केटीलाई पानी भिजाएर पाप पाखाल्छन् भने अर्को दिन मंगलबार केटीहरूले पनि त्यस्तै गर्छन् । अर्थात्, केटीहरूले पनि केटाहरूलाई पानी छ्यापेर पाप पखाल्छन् ।







