
हङकङको एप्पल डेलीका मालिक जिमीलाइ शनिबार फलामे सिक्रीले बाँधेर अदालतमा उपस्थित गराइएको छ । राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत गिरफ्तार भएका उनलाई सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएको हो । ७३ वर्षका जिमी फलामे सिक्रीका कारण हिँड्नलाई कष्ट गरिरहेको दृश्यमा देखिएको छ । जिमीलाई फलामको सिक्रीले बाधेको तस्बिर सार्वजनिक भएपछि हङकङमा लोकतन्त्रका पक्षधरहरुले आजको दिनलाई ‘कालोदिन’को रुपमा मान्ने प्रतिक्रिया दिएका छन । हङकङमा सुपुर्दगी सन्धि लगायत लोकतान्त्रिक आन्दोलनलाई सक्रिय साथ दिँदै आएका जिमीलाई सरकारले विदेशीहरूसँग मिलेर चीन विरोधी गतिविधि गरेको भन्दै पक्राउ गरिएको हो । उनी चिनियाँ भाषाको टेब्लोइड पत्रिका एप्पल डेलीका संस्थापक हुन् ।