लोपोन्मुख पाटेबाघ इलाममा फेला परेको छ । तराई क्षेत्रमा पाइने पाटेबाघ इलामको तीन हजार १६५ मिटर उचाइमा भेटिएको हो । बिरालो जातको पाटेबाघ सीसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापमध्ये एउटामा पाटेबाघ कैद भएको वन तथा भूसंरक्षण विभागले जनाएको छ । यससँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ ।चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा अभिलेखन भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला निकुञ्जसँग जोडिएको छ । नेपालमा पाटेबाघको संख्या दुई सय ३५ छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय