
एजेन्सी । कुकुरलाई मान्छको साथीको रुपमा पालन पोषण गरिन्छ । प्राय धनीहरु घरमा कुकुर पाल्दछन् त्यसो त सडकमा पनि कुकुरहरु हुन्छन् नै । तर कतिपय कुुकुरहरु निकै बुद्धीमानी र चलाख पनि हुन्छन् भनिन्छ ।
एलसाल्भाडोरमा कुकुरहरुले दुई महिलाबीच सडकमा परीरहेको झगडा कम गर्न महिलाको लेगिन्स ( सुरुवाल ) तानिदिएको भिडियो डेलीमेलले प्रकाशित गरेको छ ।
सो खबर अनुसार एलसाल्भाडोरमा दुई युवतीबीच कुटाकुट भएको छ । त्यसमा कालो लेगिन्स लगाएकी महिलाले शुरुमा कुट्न शुरु गरेको देखिन्छ । त्यस पछि कुकुरले तिनै महिलाको लेगिन्स टोेकेर तानिदिए पछि उनी शर्मनाक भएको खबर छ । सडकमा अरु पुरुषहरु सो झगडा हेरिरहेको देखिन्छ ।
एक पुरुषले भने छुट्याउन प्रयास पनि गरेको देखिन्छ । तर सफल भएका थिएनन्, तर उनकै छेउमा रहेको कुकुरले सो गतिविधि गरेको डेलीमेलमा लेखिएको छ ।