बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ ।

अहिले सबैभन्दा समस्या मानिसहरुलाई आफ्नो मोटो शरीरमा नै लाग्छ । तौल घटाउने अनेक तरिका अपनाएतापनि धेरैले यसमा सफलता पाएका हुँदैनन् । स्वस्थ जीवनयापनका लागि मानिसहरुले आफ्नो तौल नियन्त्रणमा राख्न जरुरी छ । ‘भारतीय फिटनेस एक्सपर्ट’ तौसिफ खानले तौल घटाउन चाहने व्यक्तिले सुत्नु अघि निम्न कार्य गर्नुपर्ने सुझाएका छन् ।

१) दूधः

सुत्नु पहिले एक ग्लास दुध पिउनुहोस् । यसमा पाइने क्याल्सियम र प्रोटिनले पाचन शक्तिलाई राम्रो बनाउँछ । यसले राम्रो निन्द्रा लाग्न सहयोग गर्छ भने तौल पनि घटाउन सहयोग गर्दछ ।
पद्दति पद्धति

२) मरिचः

रातीको खानामा कालो मरिचको प्रयोग गर्नुहोस् । यसमा बोसो पगाल्ने तत्व पाइनुका साथै यसले मेटाबोलिजम रेट पनि बढाउँछ जसले अतिरिक्त बोसो कम गर्न मद्दत गर्दछ ।

३) दहीः

नियमित रुपमा सुत्नुभन्दा पहिले एक कचौरा कम फ्याट भएको दही खानुहोस् । यसमा पाइने प्रोटिनले ‘मसल्स बिल्ड’ गर्नेछ र तौल घटाउन सहयोग गर्नेछ ।

४) हिँड्नुहोस्ः

सुत्नुभन्दा आधा घण्टा पहिले २० देखि ३० मिनेट हिँड्नुहोस् । यसले खाना पचाउन सहयोग गर्दछ र तौल घटाउन मद्दत गर्दछ ।

५) ग्रिन टीः

यसमा एन्टीअक्सिडेन्ट र क्याटेचिन्स हुने भएका कारण यसले मेटाबोलिजमलाई बढाउन सहयोग गर्दछ भने पेटको बोसो कम हुन थाल्छ त्यसकारण सुत्नु पहिले ग्रिन टी पिउनुहोस् ।

६) कागती पानीः

यसले शरीरको टक्सिन टाढा राख्छ जसले बोसो बढाउन दिँदैन । यसले पेटमा जमेको बोसो कम हुन्छ ।

७) भूइँकटहर र अदुवाको रसः

यी दुवैले मेटाबोलिजमलाई सन्तुलन राख्छ र बोसो पगाल्न मद्दत गर्दछ । यसमा भिटामिन सि हुन्छ जसका कारण शरीरले पूर्ण रुपमा शक्ति पाउँछ ।

८) एलोभेरा जुसः

यसले शरीरमा फ्री र्‍याडिकल्सको वृद्धिलाई कम गर्दछ जसले पेटको बोसो कम हुन मद्दत गर्दछ ।

९) हरियो धनियाँको जुसः

यो पिउँदा शरीरको टक्सिन टाढा हुन्छ र पेटको बोसो चाँडै कम हुन्छ ।

१०) काँक्रोको जुसः

यसमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले पेटको बोसो हटाउन सहयोग गर्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!