काठमाडाैं, २६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिनु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विषयमा भएको भिडियो तथा अडियो क्लिप सार्वजनिक भएपछि उहाँ विवादमा तानिनु भएकाे हाे ।
भिडियो तथा अडियो क्लिपमा दुई करोड ५० लाख रुपैयाँ लेनदेनको विषय छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । भिडियो र अडियोमा देखिएका सुनिएका संवादमा श्रेष्ठले लामा, सुसन कर्माचार्य र इन्द्रा तामाङबीचको विवादलाई मिलाउने कोशीश गर्नुभएकाे देखिन्छ ।   तर, त्यो भिडियो कहिलेको हो भनेर खुलाइएको छैन ।
यो विवादको मुख्य विषयचाहिँ ८ करोडको प्रोजेक्टमा ३० प्रतिशत अर्थात् २ करोड ५० लाखको शेयर लगानी नगरी सुसनका नाममा लामाले गर्नुभएकाे थियाे । बैंकबाट लिएको ऋणको ब्याज शतप्रतिशतको आफूले मात्रै तिर्नुपर्ने भएपछि लामाले उक्त गुनासो गर्नुभएकाे स्पष्ट सुन्न सकिन्छ ।
श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री हुनुभएकाे बेला लामालाई उहाँकै प्रस्तावमा दक्षिण कोरियाका राजदूत बनाएर पठाइएको थियो, त्यसवापत लामाले आफ्नो ८ करोडको लगानीमा बिना पैसा सुसनका नाममा साढे २ करोडको शेयर ट्रान्सफर गरिदिनु भएकाे थियाे ।
श्रेष्ठले आफ्नी स्वकीय सचिव सुसन र इन्द्राको पक्ष लिएको र लामालाई नै व्यवाहार मिलाउनका लागि घुमाउरो दबाब दिइरहेको सुन्न सकिन्छ । ‘तपाईँ, सुसन र इन्द्रा तीनै जना मेरो मान्छे । मेरो परिवारभित्रको मान्छे यो विवाद मिलाउनेतिर लाग्नुस्,’ र्सावजनिक अडियो भिडियोमा श्रेष्ठले भन्नुभएको छ । लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन ।
निधन हुनुभन्दा ६ दिन अगाडी लामाले आफ्नो पीडा सामाजिक सञ्जालमा राख्नु भएको थियो । लामाले लेख्नुभएकाे थियाे- ‘हाम्रा माहान पार्टीका माहान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिन, थुईक्क जाली फटाहा द्रव्य पिशाचहरू।’ लामाले श्रेष्ठकाे नाम किटन नगरि लेख्नुभएपनि उहाँले श्रेष्ठप्रति नै संकेत गर्नुभएकाे थियाे ।
त्यसमा इन्द्रमायाले आर्थिक कारोबारका विषयमा खुलेर भन्नु भएको छ । इन्द्रमायाले समाजिक सञ्जालमाै लेख्नुभएकाे छ- ‘आज आफ्नै मान्छेको स्टाटस देखेर अचम्म लाग्यो । आफ्नो घरको कुरो सामाजिक सञ्जालमा छरपस्ट पारेर अरुलाई मिथ्य आरोप लगाएर आखिर के गर्न खोजेको ? आफ्नो घरभित्रको समस्या आफैले समाधान गर्ने हो, अरुलाई दोष लगाएर समाधान हुँदैन । अलिकति आफ्नो इज्यत बाँकी छ भने यस्तो कार्य बन्द गर्नुहोस् ।’

यसले पनि लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन भन्ने पुष्टि गर्छ । लामाले आफू मरेको अवस्थामा इन्द्रमायालाई नआउनू भनेरसमेत फेसबुकमा लेख्नुभएकाे थियाे ।
यता प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताउनुभएकाे छ । उहाँले लामाकै अनुरोधमा आफू मध्यस्थता बनेकाे स्वीकार्नु भएकाे छ ।  ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ,’ श्रेष्ठले भन्नुभयाे ।
श्रेष्ठले आफू गलत नभएकाे र जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुने बताउनुभयाे । आफू दोषी देखिए दण्ड भोग्न तयार भएकाे समेत प्रवक्ता श्रेष्ठले बताउनुभयाे । प्रवक्ता श्रेष्ठले लामाको निधनको दुःखद खबरबाट आफू मर्माहत भएको उल्लेख गर्नुभएकाे थियाे ।
News 24 television

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय