काठमाडौँ । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले तत्काल विद्यालय बन्द नहुने बताएका छन् । शनिबार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)को ३६औँ वार्षिक साधारणसभामा बोल्दै उनले तत्काल विद्यालय बन्द नहुने बताएका हुन् ।

शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीहरु घरमा भन्दा विद्यालयमा बढी सुरक्षित हुने र सरकार अहिले लकडाउन गर्ने पक्षमा नरहेको बताए । ‘विद्यालय बन्द गरेर काम छैन, विद्यार्थी घरमा भन्दा स्कुलमा बढी सुरक्षित छन्’ उनले भने ।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरे ।
याे पनि समाचार

स्वास्थ्य मन्त्रालयले बालबालिकामा कोरोनाको गम्भीर असर देखिने स्पष्ट पारेको छ ।

हालैका दिनमा एक जना बाल चिकित्सकले सार्वजनिक सञ्चारमाध्यमबाट कोरोनाले बालबालिकामा खासै असर गर्दैन भन्ने अभिव्यक्ति दिएपछि मन्त्रालयले यस्तो धारणा सार्वजनिक गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रेस ब्रिफिङमा शनिबारसम्मको तथ्यांक दिँदै पाँच बर्ष मुनिका ३ हजार ५६५ जना बालबालिका कोरोना संक्रमणमा परेको जानकारी दिनुभयो ।

अहिले पनि यही उमेर समूहका ५१ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ । कोरोनाका कारण हालसम्म पाँच बर्ष मुनिका १० बालबालिकाले ज्यान गुमाइसकेको समेत उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार १० वर्ष मुनिका बालबालिकाको संख्या आधारमान्दा यो संख्या निकै ठूलो हो । डाक्टर गौतमले अभिभावकलाई बालबालिकालाई विद्यालय नपठाउन आग्रह पनि गर्नुभयो ।

तर, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले एक सार्वजनिक कार्यक्रममा बालबालिका घरमा भन्दा विद्यालयमा सुरक्षित भएको दावी गर्नु भएको छ ।

थप समाचार पढ्नुस्

नेपालमा पछिल्लो २४ घण्टामा ८ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु ह’नेको संख्या ३ हजार ८३ जना पुगेको छ ।

आरटी–पीसीआर विधिबाट ५ हजार ७८३ जनाको स्वाब परीक्षण गर्दा १०१५ जना र ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८४ हजार ६७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७५ हजार ३०० जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २९० जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २३ लाख ४५ हजार ५०१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ६ हजार २९० जना आइसोलेसन र ८५ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय