
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठक प्रति व्यङ्ग्य गरेका छन् । शनिबार आयोजना भएको बैठकमा अनुपस्थित भएका भट्टराईले ‘एमसीसी बैठक बहिष्कार’ गरेको भन्दै व्यङ्ग्य गरेका हुन् ।
उनले सर्वदलीय बैठकबारे कुनै औपचारिक निम्तो नपाएको र मिडियाबाट मात्र जानकारी पाएको पनि स्पष्टिकरण दिएका छन् । उनले लेखेका छन्, ‘चोई नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियाे – एमसीसी बैठक बहिष्कार पो भएछ !