
५ बैसाख, ताप्लेजुङ ।
जिल्ला प्याब्सन ताप्लेजुुङले कक्षा १० का विद्यार्थीका लागि प्रि टेस्ट परीक्षा आइृवारबाट संचालन गरेको जिल्ला प्याब्सन ताप्लेजुुङका अध्यक्ष दिनेश भट्टराईले जानकारी दिनुभएको छ । ६ ओटा स्थागत मा. वि. रहेको प्याब्सन ताप्लेजुुङले सबै विद्यालयलाई एकिकृत गरि अक्सफोर्ड आवाशीय विद्यालयमा परिक्षा संचालन गरेको हो ।
यस वर्षको एस इ इ परिक्षालाई लक्ष्यित गरि परिक्षा संचालन गरिएको केन्द्राध्यक्षसमेत रहनु भएका अक्सफोर्ड आवाशीय विद्यालयका प्रिन्सिपल गणेश सिग्देलले कंचनजंघा न्युजलाई जानकारी दिनुभयो ।
परीक्षामा सहभागी हुने विद्यार्थीलाई जिल्ला प्याब्सन ताप्लेजुुङका अध्यक्ष दिनेश भट्टराई, प्याब्सन पूर्व केन्द्रिय सदस्य युवराज गिरी र नि. वर्तमान अध्यक्ष इन्द्र कु. गुरुङले शुभकामना दिनु भएको थियो ।
६ ओटा विद्यालयबाट परिक्षामा १४१ जना विद्यार्थीको सहभागीता रहेको केन्द्राध्यक्ष सिग्देलले बताउनुभएको छ ।