वैशाख ५, ताप्लेजुङ । ताप्लेजुङमा अन्तर माद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा १३ स्वर्ण ३ रजत ८ कास्य प्राप्त गरेर भानुजन माद्यमिक विद्यालय प्रथम भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिनुभयो । यस्तै उहाँका अनुसार ७ स्वर्ण ११ रजत ८ कास्य प्राप्त गरेर चाँगे माद्यमिक विद्यालय द्धितिय र ५ स्वर्ण २ रजत २ कास्य प्राप्त गरेर कन्चनजंघा माद्यमिक विद्यालय तृतिय भएको छ ।

प्रतियोगितामा ताप्लेजुङका ९ ओटै स्थानीय तहका विद्यालयहरुको सहभागीता रहेको थियो । खेल वैशाख २ गतेदेखि ४ गतेसम्म भानुजन माद्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको थियो ।

यस्तै प्रदेश स्तरीय प्रतियोगिताको लागि उत्कृष्ट खेल प्रदर्शन गर्ने ८० जना खेलाडीलाई समेत छनोट गरिएको समितिका कार्यलय प्रमुख पौडेलले जानकारी दिनुभयो । प्रदेश स्तरीय खेल भने आगामी वैशाख १० गतेदेखि इटहरीमा सुरु हुने बताइएको छ ।

सदरमुकामकै विद्यालय बा.सु. मा. वि. ले जनाएन सहभागिता

ताप्लेजुङको फुङलिङ नगरपालिका स्थित बाल सुबोधनी सँस्कृत माध्यामिक विद्यालयले राष्ट्रपति रनिङ सिल्ड २०७७ मा आर्थिक अभाव लगायतका कारण देखाउँदै आफ्नो सहभागिता नभएको जनाएको छ । गत वैसाख २ गतेदेखि भान ुजन माविको खेल मैदानमा सञ्चालन भईरहेको राष्ट्रपति रनिङ सिल्ड २०७७ का सम्पुर्ण प्रतियोगितामा सो विद्यालयले आफ्नो सहभागिता नजनाएको हो ।

यो पटक आर्थिक अभावले नै सहभागिता जनाउन नसकिएको सो विद्यालयका शिक्षक घनश्याम भट्टराईले बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फुङलिङ नगरपालिकाका सबै विद्यालयले सहभागिता जनाएछन् । नगर क्षेत्र बाहिरका समेत सबै विद्यालयको सहभागिता छ । विद्यालयले सहभागिता नजनाउनुमा विद्यालयकै लापरबाहि गरेको खेलकुद विकास कार्यालयका कार्यालय प्रमुख यज्ञनिधि पौडेल बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय