मङ्सिर २५, ताप्लेजुङ।
निकै नै सुन्दर तर हालसम्म पनि कसैको नजर नपुगेको ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिकामा अवस्थित करिब ३०० मिटरको उचाइमा रहेको मेरिङ्देन झरना जाने बाटो अब खुलेको छ। नेकपा मेरिङ्देन १ को आयोजना र नेपाल रास्ट्रीय युवा संघको संयोजनमा उक्त झरना जाने बाटो निर्माण गरिएको हेमराज निरौलाले जानकारी दिनुभयो।
निरौलाका अनुसार स्थानीय जनसमुदाय, जनप्रतिनिधि, शिक्षक, विद्यार्थीहरुको सक्रिय सहभागीतामा करिब ९ किलोमीटर गोरेटो बाटो निर्माण गरिएको छ। निरन्तर २ दिनको संघर्ष पश्चात् गाउँबाट झरना सम्म पुग्ने बाटो सफल भएको निरौलाको भनाइ रहेको छ। प्राकृतिक सुन्दरता त्यस माथी पनि लोपोन्मुख भिर मौरी भेडी गोठ त्यहा देख्न पाइन्छ।
प्रचार प्रसार र स्थानीय संस्कार संस्कृतिलाई संरक्षण गर्न सके त्यस क्षेत्रलाई नमूनाको रुपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ ।
पर्यटन प्रर्वद्धनमा सबै पक्ष जुटे स्थानीयको आयआर्जनमा वृद्धि हुनुका साथै ताप्लेजुङको विकासमा नै सहयोग पुग्नेछ । पहिले यो झरनाबारे थाहा थिएन तर अब झरना सम्म पुग्ने बाटो निर्माण भए पछि पर्यटकको आगमन हुने बिश्वास गरिएको छ । अब देश विदेशका पर्यटकको आगमनलाई कसरी निरन्तरता दिने भन्ने चुनौती भने थपिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय