
ताप्लेजुङमा गत चैत्र २१ गतेबाट सुरु भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा तीन ओटा पालिकाको खेल सम्पन्न भएको छ ।
फुङलिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका, सिरीजंघा गाउँपालिकामा छनोट प्रतियोगिता सम्पन्न भएको खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार हरेक पालिकाबाट भलिबल, कबडडी, एथ्लेटिक्स, कराँते र टेक्वान्दो खेलका लागि दुई–दुई ओटा विद्यालय छनोट भएका छन् । छनोट प्रतियोगिता जारी रहेको बाँकी ६ ओटा पालिकाको खेल आगामी ३० गते सम्पन्न हुने पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला स्तरीय प्रतियोगिता भने आगामी वैशाख २ गतेदेखि भानुजन माद्यमिक विद्यालयको खेलमैदानमा हुने समेत उहाँले जानकारी दिनुभयो ।