
२८ चैत, ताप्लेजुङ । मोरङको जहदा गाउँपालिकामा स्काभेटरको बकेटले लागेर एकजनाको मृत्यु भएको छ । गाँउपालिकाको १ नम्बर वडा स्थित भुटाहा चोकमा निर्माणाधिन सडकको काम गर्ने स्काभेटरको बकेटले लागेर स्काभेटरका अप्रेटर चालक ताप्लेजुङ्गका २६ बर्षीय दिपक तामाङको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार शुक्रबार स्काभेटरमा तेल हाली चेकजाच गर्ने जाँदा बकेट खुस्किएर तामाङलाइ लागेको थियो । बकेटले लागेर घाइते भएको तामाङको उपचारको क्रमका विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।