
२७ चैत, मोरङ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विधान विपरीत काम गर्ने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गरेका छन् ।
शुक्रबार विराटनगर आइपुगेका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘ ओलीलाई साथ दिनेहरु दास हुन् । त्यसकारण समानान्तर कमिटि गठनका लागि विराटनगर आएका छौँ। ‘
ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर कमिटी गठन गर्न शुरु गरेको उनको भनाइ छ । आफुहरु ओलीको दास हुन नसक्ने बताउँदै उनले संगठित भएर विरोध गर्ने जिकिर गरे ।
‘ विधान विपरीत काम गर्नेलाई साथ, समर्थन दिने दास हुन्, हामी होइनौं,’ उनले भने ‘ओलीले पार्टीभित्र मुख हेरेर कारबाही चलाएका छन्, यो विधान विपरीत छ ।’
पछिल्लो समय वरिष्ठ नेता नेपाल देशभर विद्यार्थी, युवा र महिला संगठनमा समान्तर कमिटी गठन गर्दै आएको छ ।