२३ मंसिर, काठमाण्डौ । पधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको पधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो ।

थापाले सामाजिक सञ्जालमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको उल्लेख गर्नुभएको छ ।

पछिल्लो समय देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे प्रमुख राजनीतिक पार्टीहरुको चासो व्यक्त हुन थालेको सन्दर्भमा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीहरुको बाक्लो उपस्थितिमा प्रदर्शन भएको छ ।

कोरोना महामारीका बीच नै गणतन्त्रमाथि प्रश्न उठाउँदै ठूलो संख्यामा युवाहरु सडकमा आएपछि तरंग उत्पन्न भएको छ । नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गर्नुभएको थियो ।

यता प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पनि सर्वदलीय बैडकमा पेश गर्ने आफ्ना एजेण्डाहरु टुंगो लगाएको छ । सर्वदलीय बैठक बस्ने आव्हान भएपछि आफ्नो पार्टीको तर्फबाट एजेण्डा पेश गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाउनु भएको थियो ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले बैठकमा कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार पूर्ण असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण जनतामा निराशा छाएको र बेरोजगारीको समस्या बढेका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने जानकारी दिनुभयो ।

त्यस्तै कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आँच आउन नदिन सरकारलाई सचेत गराउने नेता खाणले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय