२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् ।

स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औ दिनको पूण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनु परेको बताए।

फरक प्रसँगमा पार्टी सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताए । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै सभापति देउवाले पार्टी कहिल्‍यै पनि संकटमा नरहेको ठोकुवा गरे। उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे।

उनले भने ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउदै गएका छौँ । पार्टी जीतहारले संकटमा नभइ धेरै पटक हामी हारेका छौ । धेरै पटक जितेका पनि छौ । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन । ”

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए। स्वर्गीय जोशीले थालेको कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय