
चैत्र २४ कैलाली । कैलालीको भजनी नगरपालिका–३ मोरियाघाट स्थित मोहना नदी किनारमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो गो’ली हानाहान भएको छ । भिडन्तमा एक तस्कर घाईते भएको खबर छ ।
प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिंह घाइते भएको बताइएको छ । प्रहरीको कारबाहीपछि घाइतेसहित चार जना तस्करै भारततिर भागेका छन् । तस्करलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुले गोली प्रहार गरेपछि जवाफी फा’यर गरेको प्रहरीले जनाएको छ ।