२२ मंसिर २०७७,काठमाडौं । विश्वमा हालसम्म ६ करोड ६९ लाख १९ हजार २१६ जना व्यक्तिमा कोभिड–१९ देखा परेको छ । निको हुनेको संख्या ४ करोड ६२ लाख ९४ हजार ३०६ रहेको छ उता नेपालमा गत बिहीवारदेखि आइतवारसम्म २९ हजार ८८९ जनामा पीसीआर परीक्षण भएको छ । यसमध्ये ४ हजार ४३५ जनामा संक्रमण पुष्टि भएको छ । ७ हजार ६४४ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
 
सोही अवधिमा संक्रमणका कारण ५६ जनाको मृत्यु भएको छ । अहिले देशैभरि सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ४९५ नमूना परीक्षण गर्दा थप १ हजार ९६ जनामा कोभिड–१९ को संक्रमणको पुष्टि भएको जानकारी दिए ।
 
काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ६९, ललितपुरमा ७४ र काठमाडौंमा ३५१ गरी जम्मा ४८४ जना संक्रमित थपिएका छन् । गत २४ घण्टामा १ हजार ७५२ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको संख्या ९३ दशमलव ७ प्रतिशत छ । हाल ३१३ जना कोभिडको बिरामी आईसीयूमा उपचाररत छन् भने ५५ जना संक्रमति भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!