
२५ वर्षीया एक युवतीको एक दुर्लभ रोगका कारण महिनावारी हुँदा आँखाबाट र’गत बग्यो ।
आँखाबाट र’गत बग्ने अति दुर्लभ स्थितिलाई हेमोलाक्रिया भनिन्छ तर भारतका डाक्टरले यी महिलाको स्वास्थ्य स्थितिलाई योभन्दा पनि दुर्लभ ‘ओक्युलर भिक्यारियस मिन्स्ट्रुएसन’ नाम दिएका छन् । नाम नखुलाइएकी यी २५ वर्षीया महिला चन्डिगढको एक अस्पतालमा आफ्नो समस्या लिएर पुगेकी थिइन् । उनीमाथि गरिएका विभिन्न परीक्षण साधारण नै आए । महिनावारी भएकै बेला आँखाबाट र’गत बग्ने समस्या देखा परेको ती युवतीले जानकारी दिएपछि दिएपछि डाक्टरले यो कोणबाट परीक्षण सुरु गरेका थिए ।
अडिटीसेन्ट्रेल अनुसार ती युवतीले र’गतका आँसुले आफूलाई कुनै असहज र पी’डा भने महसुस नगराएको जानकारी दिइन् । विस्तृत नेत्ररोग र रेडियोलोजिकल परीक्षणहरुले उनको अवस्था सामान्य बाहेक केही देखाएको थिएन ।
हालसम्म उनको आँखाबाट दुई पटक र’गतका आँसु बगे । डाक्टरसँगको कुराकानीमा उनले दुबैपटक आफू महिनावारी भएका बेला आँखाबाट र’गत बगेको बताइन् ।
यो अति दुर्लभ स्वास्थ्य स्थितिमा महिलाहरुको यौ’नाङ्गबाहेक अन्य अङ्गबाट र’गत बग्ने गर्छ । यीमध्ये सबैभन्दा साधारण नाकबाट र’गत बग्नु हो । यद्यपि, कतिको ओठबाट, आँखाबाट, फोक्सोबाट, पेटबाट पनि र’गत बग्ने गरेका केस भेटिएका छन् ।
उनको स्वास्थ्य स्थितिबारे पत्ता लागेपछि उनलाई एस्ट्रोजन र प्रोजेस्टेरोनयुक्त गर्भनिरोधक चक्की खुवाउन लगाइयो । तीन महिनाको फलोअप पछि अब उनको आँखाबाट र’गत बग्न बन्द भएको बताइन्छ ।